+
+

आलियाको फिल्मको गीत र अक्षयको ‘गोर्खा’ नेपालमा छायांकन गर्न ‘लोकेसन रेकी’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १३:०९

काठमाडौं । बलिउडका दुई फिल्मको छायांकन नेपालमा गर्ने तयारी सुरु भएको छ । ती फिल्मका निर्माताले छायांकनको तयारी बुझ्न भन्दै नेपाल व्यवस्थापन हेर्ने निर्माण नियन्त्रकसँग सम्पर्क गरेका छन् ।

आलिया भट्ट र रणवीर सिंह स्टारर ‘रकी और रानीकी प्रेम कहानी’को एउटा रोमान्टिक गीत नेपालमा छायांकन हुने निश्चित भएको छ । करण जोहरको धर्मा प्रोडक्सनले काठमाडौं र पोखरामा फिल्म सुटिङ गर्ने भन्दै ‘लोकेसन रेकी’ गर्न प्रस्ताव पठाएको छ ।

‘तिहारसम्म यो फिल्मबारे सबै कुरा स्पष्ट हुनेछ । पोखरा र काठमाडौंमा एउटा गीत सुट गर्न हामीलाई प्रस्ताव गर्नुभएको छ,’ ती निर्माण नियन्त्रकले अनलाइनखबरसँग भने, ‘आलियाको डेलिभरी डेट भएकाले सुटिङ रोकिएको छ । हामीलाई तयारी अवस्थामा बस्नु भनिएको छ ।’

यसैबीच, मार्चदेखि सुटिङ सुरु हुने अक्षयकुमार स्टारर फिल्म ‘गोर्खा’को केही छायांकन समेत नेपालमा हुने भएको छ । यो फिल्मको नेपाल व्यवस्थापन हेर्न कम्तीमा तीन नेपाली निर्माण नियन्त्रक कम्पनीबीच प्रतिस्पर्धा भइरहेको छ ।

तीनमध्ये एउटा कम्पनीले निर्माण व्यवस्थापनको जिम्मा पाउनेछ । ‘चाँडै हामीलाई लोकेसनको तस्वीरको डेमो पठाइनेछ र हामीले सोहीअनुसार लोकेसनको खोजी गर्नेछौं,’ भारतीय टिमसँग सम्पर्कमा रहेका अर्का एक निर्माण नियन्त्रकले भने, ‘कहिलेदेखि सुटिङ हुने कुरा तिहारसम्म लाग्छ ।’

गत महिना दक्षिण भारतीय फिल्म पीएस-वानको पाँच मिनेटको दृश्य जोमसोम विमानस्थलमा गर्ने भन्दै लोकेसन रेकी भएको थियो । कार्यकारी निर्माता पनि त्यहाँ पुगेका थिए । तर अन्तिम समयमा सुटिङ रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?