+
+

प्रदेशका मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १७:२४

९ असोज, विराटनगर । प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।

आइतबार यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर राखेका हुन् ।

संघीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राखेको उनले बताएका छन् ।

यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल- जिन्दावाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र  मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?