+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

तराजु छाडेर हलो बोक्न मलाई केही लाज छैन : रवीन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १५:१६

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् ।

बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण समूहबीच भएको एकता घोषणा कार्यक्रममा उनले भने, ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ ।’

राप्रपासँग एकता हुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए । मिश्र अध्यक्ष रहेको विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु थियो । राप्रपाको भने हलो छ ।

‘६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन’ उनले भने ।

पार्टी एकता गर्दा दुई अध्यक्ष प्रणाली उपयुक्त नहुने भन्ने नेकपा एकता हुँदा र अन्य दलको एकताका क्रममा देखिएको भन्दै आफूहरु नयाँ प्रणालीमा गएको मिश्रले बताए ।

हरेक पार्टीमा द्वन्द्व हुने भन्दै मिश्रले तर नेतालाई बलियो बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?