+
+

साबा महिला च्याम्पियनसिप : नेपाल फेरि पनि उपविजेता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते ८:००

१३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो ।

बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बन्यो ।

च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दुई जित र एक हारबाट समान चार अंक नै जोडेको थियो । तर नेपाल भन्दा श्रीलंकाले बढी अंक स्कोर गरेकोले श्रीलंका अघि रहँदै च्याम्पियन बनेको हो । सन् २०१६ मा काठमाडौंमा भएको पहिलो संस्करणमा पनि श्रीलंका सबै खेल जितेर च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो ।

यस पटक पनि भारत सहभागि नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।

नेपालसहित जम्मा चार टिम मात्र सहभागि च्याम्पियनसिप राउण्ड रोविन लिगको आधारमा खेलाइएको थियो । जसमा नेपाल पहिलो खेलमै घरेलु टोली माल्दिभ्ससँग ५१-४७ ले पराजित भयो । तर त्यसपछि नेपालले पुनरागमन गर्दै श्रीलंकालाई ५५-४९ ले हरायो भने लिगको अन्तिम खेलमा भुटानलाई ६५-२६ ले पराजित गर्‍यो ।

च्याम्पियनसिपको अन्तिम लिग खेल आज माल्दिभ्स र भुटानबीच हुनेछ । भुटानले खेलेको दुई खेल नै हारेको छ । माल्दिभ्सले एक खेल जितेको छ भने एकमा पराजित भएको छ ।

फोटो : माल्दिभ्स बास्केटबल संघ र अधाधु स्पोर्ट्स

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?