+
+

सडकमा पैदलयात्रीको पहिलो अधिकार : बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १३:२६
बालेन साह/फाइल तस्वीर

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सडकमा पहिलो अधिकार पैदलयात्रीको हुने बताएका छन् ।

महानगरले पछिल्लो समय खाली गरिरहेको फुटपाथको प्रसँग निकाल्दै उनले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति अनुसार काम गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत विज्ञप्ति जारी गर्दै बालेनले बजेटमा ‘फुटपाथमा मानव आवत जावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिने’भन्ने व्यवस्थालाई कार्यान्वयन गराउन सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले लेखेका छन् ‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो ।’

महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने जनाएको छ । मेयर बालेनले फुटपाथ व्यवस्थापन कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?