+
+

ललितपुरमा मेलमिलाप केन्द्र सञ्चालन

ललितपुर महानगरपालिकाले स्थानीय स्तरमा हुने विवाद समाधानका लागि मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १४:०४

१३ असोज, काठमाडौ‌ं । ललितपुर महानगरपालिकाले स्थानीय स्तरमा हुने विवाद समाधानका लागि मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ । २ नम्बर वडा कार्यालयमा खोलिएको केन्द्रको बुधबार नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गरिन् ।

ललितपुर महानगरमा २९ वटा वडाहरु छन् । अन्य वडाहरुमा पनि मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको बज्राचार्यले बताइन् ।

केन्द्रको उद्घाटन गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले रुपान्तरणसहितको समाज निर्माणका लागि मेलमिलाप महत्वपूर्ण भएको बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले मेलमिलाप केन्द्रको सुरुवात हुनु उदाहरणीय र अनुकरणीय काम भएको बताए । न्यायिक प्रक्रियामा मेलमिलाप महत्वपूर्ण तत्व भएको प्रष्ट पार्दै मेलमिलापले विवादमा रहेका दुवै पक्षले जित्ने बताए ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ को दफ ४७ का अधिकार सञ्चालन गर्ने सन्दर्भमा विवादलाई वडा तहमा नै समाधान गर्नका लागि यो केन्द्रको अवधारणा सुरु भएको हो । उक्त ऐन अन्तर्गत उपप्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा न्यायिक समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

कार्यक्रममा नगरप्रमुख तथा न्यायिक समितिकी संयोजक मञ्जली शाक्यले मेलमिलापकर्तालाई सपथ गराएकी थिइन् । महानगरले मेलमिलापकर्तालाई वडा तहमा तालिम दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?