+
+
Shares

विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्यले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १०:४८

१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू लक्ष्मण सिटौला र हरिकृष्ण श्रेष्ठले साधारण सदस्य पनि नरहने गरी संयुक्त रूपमा राजीनामा दिएका छन् ।

राजीनामासँगै नेताद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । नेता सिटौलाले शुक्रबार औपचारिकरूपमा राप्रपा प्रवेश गर्न लागेको अनलाइनखबरलाई जानकारी दिए ।

‘राजनीतिमा बैकल्पिक शक्ति निर्माणको महायज्ञ सधैं जारी नै रहने एउटा निरन्तर शृङ्खला हो, प्रक्रिया हो’ सिटौलाले भने, ‘केवल मार्ग परिवर्तन गरेर उद्देश्य नजीक पुग्नको लागि यो एउटा अर्को बाटो मात्रै हो ।’

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?