+
+

लुक्ला जाने जहाज भोलिदेखि रामेछापबाट उड्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १४:०२
लुक्ला विमानस्थल

१४ असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरु शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ ।

दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एक/एक वटा मात्र जहाज टाइट स्टप काठमाडौंमा राखेर अन्य जहाज रामेछाप राख्न निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सिटौलाका अनुसार अब ती वायुसेवा कम्पनीका जहाजले काठमाडौंबाट दैनिक एक/एक वटा मात्रै उडान गर्न पाउने छन् । अन्य उडान भने रामेछापबाटै गर्ने गरी निर्णय भएको उनले बताए ।

यसअघि अघिल्लो साता पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले रामेछाप विमानस्थलको अनुगमन गरेको थियो ।

यो विमानस्थलबाट कोभिड-१९ अगाडि लुक्लाका लागि नियमित उडान तोकिएको थियो । त्यसपछि भने काठमाडौंबाटै उडान गर्न थालियो । बिहानको समयमा काठमाडौंको आकाशमा हुने हवाई ट्राफिक जाम कम गर्न प्राधिकरणले लुक्लाको उडान रामेछाप पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?