+
+

प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ : पूर्वराष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १६:१९

१४ असोज, काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।

पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका काकरण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढीरहेको बताए ।

उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए । उनले वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए ।

पूर्व राष्ट्रपति यादवले प्रकेति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेको उल्लेख गर्दै यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।

उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए । उनले भने, ‘अहिले जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता
समस्या बढीरहेका छन् । २१ औं शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौं मानिस मरिरेहका छौँ ।’

पूर्व राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोनालगायतका विभिन्न रोगहरु आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए ।

उनले महात्मा गान्धीको जीवनी आफैँमा एउटा पुस्तक रहेकोले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको बताए ।

कार्यक्रममा दिल्ली विश्वविद्यालयका प्राध्यापक एवम गान्धीवादी चिन्तक रामचन्द्र प्रधानले राजनीतिको उद्देश्य सत्ता प्राप्ति नभएर लोकसेवा, जनसेवा हुनुपर्ने औंल्याए । गान्धी पुरी आश्रमका संस्थापक अध्यक्ष अगष्ट इन्द्र उदियानले गान्धीको दर्शन अहिले विश्वका लागि उपयोगी र व्यवहारिक भएका बताए ।

पद्मश्री विजेता उदियानले कोरोनाले गर्दा गान्धीले सिकाएका पाठहरू सिद्ध गरेको बताए । भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसनका प्रतिनिधि प्रसन्न श्रीवास्तबले नेपालमा गान्धीको दर्शन र अहिंसाको बाटोलाई अवलम्बन गर्दै लैजानु सान्दर्भिक भएको बताए ।

गान्धी तुलसी दर्शन अध्ययन कार्यक्रमका संयोजक एवम गान्धी दर्शनका अध्येता शंकर तिवारीले कुनै पनि कोरा राजनीतिले मात्र समाज परिवर्तन नहुने भएकाले गान्धीले अघि बढाउनु भएको सामाजिक आन्दोलनले मात्र नागरिकका हरेक मुद्दा सम्बोधन गर्न सकिने बताए ।

उनले भने, ‘नेपालका महात्मा गान्धी भनेर चिनिएका तुलसी मेहेर श्रेष्ठले नेपालमा थाल्नु भएको सामाजिक जागरण अभियान स्वरुप नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी स्थापना गर्नुभयो। यो महागुठीको अस्थित्वलाई जोगाउन राजनीतिलाई ढोका बाहिर राखेर आउन सक्नुपर्छ।’

कार्यक्रममा जापानी नागरिक किसिमोटो आगुमी, नानाका हिगुची, पूर्व सङ्घीय सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले गान्धीले ल्याएको स्वतन्त्रताका बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?