+
+
Shares

लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा छन् : पूर्वराष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको भन्दै टिप्पणी गरेका छन् ।
  • अर्थमन्त्रीले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै यादवले यस्तो धारणाले देशलाई बर्बादीतर्फ धकेल्ने चेतावनी दिए ।
  • उहाँले विद्वान भनिएका व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु देशका लागि गम्भीर समस्या भएको बताए ।

६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

अर्थमन्त्रीले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाउँदै पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने बताए ।

‘मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन् । संविधानको कुरा होस् वा नहोस्, अर्थमन्त्रीले संघीयता खत्तम गर भनेर बोल्छन् । यसले फेरि प्यान्डोरा बक्स खोलेर राणाकालीन सोच फर्काउने, देशलाई बर्बाद गर्ने खतरा देखिन्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ ।

‘हामीले विद्वान भनेर विश्वास गरेका व्यक्तिहरू, युएनडीपीमा काम गरेका, ठूलो शिक्षा हासिल गरेका भनेर प्याराडाइम सिफ्ट गर्ने अपेक्षा गरेका मानिसहरू नै संघीयता खत्तम गर्ने कुरा गर्छन् भने त्यो देशका लागि गम्भीर समस्या हो । संघीयतासँगै धेरै कुरा जोडिएका छन्, त्यसैले यसलाई हल्का रूपमा लिन मिल्दैन,’ उनले भने ।

संघीयतासँग धेरै पक्षहरू जोडिएको स्मरण गराउँदै उनले प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?