+
+
Shares

रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति डा. रामवरण यादवले रास्वपाले पाएको करिब दुई तिहाइ मतको सदुपयोग हुनुपर्ने बताउनुभयो।
  • उहाँले यसअघिका निर्वाचनमा दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गर्नुभयो।
  • पूर्वराष्ट्रपति यादवले संविधानको परिधिभित्र रहेर राजनीतिक दलले आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

३ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दैै पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे ।

साथै, उनले अब भने रास्वपाले पाएको जनादेशलाई खेर जान दिन नहुने टिप्पणी गरे ।

राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उनको जोड थियो ।

पूर्वराष्ट्रपति यादवले संसदमा प्रतिपक्षी नरहने भन्ने अभिव्यक्ति आफूले सुनेको भन्दै लोकतन्त्रमा प्रतिपक्षीलाई सम्मान गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।

ठूलो बलिदानीबाट आएको मुलुकमा संविधान बनेको भन्दै संविधानको परिधिभित्र रहेर राजनीतिक दलले आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा उनले राखे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?