+
+

१६ वर्षपछि पहिलोपटक ‘बिग बोस’को घरमा यस्तो परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते १७:५७

भारतीय टेलिभिजनको विवादस्पद र चर्चित रियलिटी शो ‘बिग बोस’को सुरुवात सन् २००६ मा भएको थियो । अहिले बिग बोस १६ औं संस्करणमा आइपुगेको छ र आज (शनिबार)देखि प्रसारण हुँदैछ । जगजाहेरै छ, अभिनेता सलमान खान बिग बोसको प्रस्तोता हुन् ।

सलमान सन् २०१० मा पहिलो पटक बिग बोसको प्रस्तोता बनेका थिए । त्यो चौथो सिजन थियो । त्यसयता सलमानको यात्रा अविछिन्न छ, बिग बोसमा । बिग बोस एक अंग्रेजी शो ‘बिग ब्रदर’ बाट प्रेरित छ र यसको पहिलो प्रस्तोता थिए अरशद वारसी । उनीपछि दोस्रो सिजनका प्रस्तोता बनेकी थिइन्, शिल्पा शेट्टी । अमिताभ बच्चन पनि बिग बोसको प्रस्तोता बनिसकेका छन् । उनी सिजन ३ मा प्रस्तोता थिए ।

बिग बोसको घरमा प्रतियोगीबीच घमासन लडाइँ हुन्छ । यही कारण पनि यो शो बेलाबखत विवादमा तानिने गरेको छ । यसपटक विग बोसमा १३ जना प्रतियोगी सामेल छन् । भनिन्छ, यसपालिको शो विगतको भन्दा निकै फरक हुनेछ ।

बिग बोसको घरमा परिवर्तन

चल्तापूर्जा निर्देशक एवं निर्माता उमंग कुमार पछिल्लो केही वर्षदेखि बिग बोसको घरको डिजाइन गरिरहेका थिए । हरेक संस्करणमा बिग बोसको डिजाइन नयाँ थिममा डिजाइन गरिन्थ्यो । यसपालि बिग बोसको घरको थिम छ सर्कस ।

पहिले बिग बोसको घरमा दुई कोठा हुन्थ्यो भने यसपालि चारवटा कोठा हुनेछ । यी सबैको नाम पनि दिइएको छ । जस्तो कि, फायर रुम, ब्ल्याक एन्ड ह्वाइट रुम, कार्ड्स रुम, भिन्टेज रुम । यसपालि चल्तीका निर्देशक निर्माता साजिद खान, टेलिभिजन कलाकार टिना दत्त, हरियाणवी नृत्यांगना सपना चौधरी, गोरी नागोरी, मिस इन्डिया मान्या सिंह, भोजपुरी अभिनेत्री सौन्दर्य शमा लगायत सहभागी हुनसक्ने बताइएको छ । ताजिकिस्तानका परफर्मर अब्दू रोजिक यस सिजनको पहिलो प्रतियोगी बनेका छन् ।

समय तालिकामा फेरबदल

बिग बोसको १६ औं संस्करण अक्टोबर १ मा भारतीय समयअनुसार राति साढे नौ बजे सुरु हुनेछ । बिग बोसको खास एपिसोड ‘विकेन्ड का वार’ हो, जतिबेला सलमान खान उपस्थित हुन्छन् र हप्ता दिनमा प्रतियोगीहरुले के कस्ता हर्कत गरे भनी औंल्याउँछन् । बेलाबखत सलमान खान प्रतियोगीसँग भेट्न घरभित्र पनि प्रवेश गर्छन् । घरभित्र पसेर प्रतियोगीको कक्षा लिन पनि चुक्दैनन् ।

बिग बोस शनिबार र आइतबार प्रसारण हुने गर्थ्यो। अब भने यसको प्रसारण शुक्रबार र शनिबार हुने भएको छ । अब सलमान खानले प्रतियोगीसँग बढी नै समय बिताउने चर्चा छ ।

यसअघि हरेक सिजनमा केही नयाँ नियम बनाइएको हुन्थ्यो, जुन सबै प्रतियोगीले अनुशरण गर्नुपर्थ्यो । यद्यपि कतिपयले भने यस्तो नियम तोड्ने पनि गर्थे । यसबापत उनीहरुलाई सजाय दिइन्थ्यो । तर यसपालिदेखि कुनै नियम हुनेछैन ।

बिग बोस पनि खेल्ने

बिग बोसको आवाजलाई लिएर दर्शकमाझ खास जिज्ञासा छ । पछिल्लो १५ वर्षदेखि उनले आफ्नो आवाज मात्र सुनाइरहेका छन् । यद्यपि अहिलेसम्म उनको सक्कल देखाइएको छैन । तर अब भने बिग बोस स्वयं पनि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?