+
+
कविता :

जिब्रो

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ असोज १९ गते ७:२४

खान खोज्छ यो
चट्ट मीठो चोपिलो
चिल्लो चाप्लो अमिलो
यस्तै छ ब्रो
मेरो जिब्रो ।

चाहना गर्छ
बहाना गर्छ
रोजी रोजी खाना खोज्छ
मसलेदार दाना रोज्छ
यस्तै छ ब्रो
मेरो जिब्रो ।

चाडबाड पार्टी उत्सव
आइरहून् चाहन्छ यो
मनकारी विदेशी पाहुना
धाइरहून् चाहन्छ यो
सधै चाहने परिकार बेस्ट
फरक फरक गर्न टेस्ट
यस्तै छ ब्रो
मेरो जिब्रो ।

ज्यान क्विन्टल भो बाल
खाना खोज्ने बबाल बबाल
पुट्ट पेट फुलेर के भो
डाइटिङ् को छैन ख्याल
मीठो देख्यो काड्यो र्‍याल
पायो कि त दि’हाल
यस्तै छ ब्रो
मेरो जिब्रो ।

लोभको पो को हो यो
भोगको धोको हो यो
स्वादको लागि फाल्छ ज्यान
छोड्दैन पाउच, बोटल, क्यान
देशी विदेशी सबै चल्ने
खाँदा पिउँदा जीवन बल्ने
अन्तरर्राष्ट्रिय पाराको यो
मेरो मात्र कि साराको हो ?
यस्तै छ ब्रो
मेरो जिब्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?