+
+

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते ६:४७

२० असोज, काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।

स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?