+
+

नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १२:२९

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसले अघिल्ला वर्षहरुमा कोजाग्रत पूणिर्माका दिन आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।

यस वर्ष कोजाग्रत पूणिर्माकै दिन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ताको कार्यक्रम रहेकाले चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

२०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?