+
+

स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १३:३१

२१ असोज, काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ ।

निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को उम्मेदवार छैन । अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ’, चौधरीले अनलाइनखबरसँग भनिन् ।

आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?