+
+

रामेछापमा फेरि कैलाशले पाए टिकट, प्रदेशमा शान्ति र मिलन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १८:३७

२१ असोज, काठमाडौं । नेकपा एमालेले रामेछापबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । एमाले नेताहरुका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कैलाश ढुंगेललाई टिकट दिइएको हो ।

माधव ढुंगेल पनि आकांक्षी थिए । तर, कैलाशले टिकट पाए । दुग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर उनी २०७४ को चुनावमा ढुंगेल रामेछाप प्रदेशतर्फ ‘ख’बाट बिजयी भएका थिए ।

त्यसअघि संघीय चुनावमा तीन पटक असफलता हात पारेका थिए । ०५१, ०६४ र ०७० समेत गरी तीन पटक चुनाव लडेर तीनै पटक पराजित भएका ढुंगेलले संघीय सांसदमा चौथो पटक उम्मेदवार हुने भएका छन् ।

२०४८ मा पनि उनी संघीय सांसदको उम्मेदवार बनेका थिए । चुनावी प्रचार–प्रसार गरेर पनि अन्तिममा एमालेले जनमोर्चालाई छाड्दा ढुंगेल पछाडि हट्नु परेको थियो ।

प्रदेशसभातर्फ शान्ति पौडेल र मिलनकुमार घिमिरेलाई टिकट दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?