+
+

सोलुखुम्बु बलबहादुरलाई छाड्न माओवादी तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १२:४१

२२ असोज, काठमाडौं । माओवादी केन्द्रले सोलुखुम्बुको प्रतिनिधिसभा क्षेत्र नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई छाड्ने भएको छ ।

२०७४ मा हेमकुमार राई ‘शुरवीर’ यहाँबाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनको भागबण्डामा सोलुखुम्बुको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको थियो । तर कांग्रेसको जोडबलमा माओवादीले सोलुखुम्बुको प्रतिनिधिसभा छाडेर प्रदेशसभाको दुबै क्षेत्र लिने सम्भावना बढेको छ ।

एक नेता भन्छन्, ‘प्रदेशका दुबै सिट लिएर केन्द्र छाड्नेबारे छलफल भइरहेको छ । त्यही नै हुन्छ होला ।’

माओवादीले सोलुखुम्बुको प्रतिनिधिसभा छाडेमा मोरङ क्षेत्र नम्बर ६ को ख पनि दिन कांग्रेस नेतृत्व तयार छ । यो क्षेत्रमा माओवादीका जीवन आचार्य सम्भावित उम्मेदवार हुन् । उनी प्रचण्डका ज्वाइँ पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?