+
+

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १९:१३

२२ असोज, अछाम । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् ।

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका थिए । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?