+
+

मोरङमा माओवादीले टुङ्गो लगायो उम्मेदवार, प्रचण्डका ज्वाईंले पनि पाए टिकट

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज २२ गते १७:४९

२२ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले सिफारिस भएको स्थानबाट टिकट पाएका हुन् ।

प्रदेश सभातर्फ मोरङको क्षेत्र नम्बर १ को (क)बाट कुलप्रसाद साम्बा (कुशल लिम्बू)ले टिकट पाएका छन् । उनी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

क्षेत्र नम्बर २ को क बाट माओवादी केन्द्र प्रदश १ कमिटी सचिव गणेश उप्रेतीले टिकट पाएका छन् । २०७४ सालको निर्वाचनमा उनी सो क्षेत्रबाट पराजित भएका थिए ।

मोरङको क्षेत्र नम्बर ६ को (क) बाट जीवन आचार्यले टिकट पाएका छन् । आचार्य माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

२०७४ सालको निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य तत्कालीन कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए । यो पटक तबदारलाई कांग्रेसले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा राखेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?