+
+

एमाले छाडेका हरि राना झापा २ मा माओवादी उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ८:३८

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले झापा क्षेत्र नम्बर २ मा हरि रानालाई टिकट दिएको छ । उनी नेकपा एमाले त्यागेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

यो क्षेत्रमा धर्मशिला चापागाईंको दाबी रहँदै आए पनि यसपटक माओवादी केन्द्रले रानालाई उम्मेदवार बनाएको हो ।

उनी एमालेबाट शनिश्चरे गाविसको दुई पटक अध्यक्ष बनेका थिए । उनी एक पटक अर्जुनधारा नगरपालिकाको प्रमुख पनि भइसकेका हुन् । सो क्षेत्रमा उनी निष्ठावान नेताका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?