+
+

कमल थापालाई टिकट दिएको विरोधमा मकवानपुरको एमाले कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:३१

२३ असोज, हेटौंडा । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता रामचन्द्र राईले पार्टीले गलत निर्णय गरेकाले कार्यकर्ताले विरोध जनाएको बताए ।

एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने निर्णय गरेको थियो ।

एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।

एमाले कार्यकर्ताले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?