+
+

मकवानपुर-१ मा कमल थापालाई एमालेले समर्थन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते २०:०९

२२ असोज, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली झापा जानुअघि थापासँग भेट गरेका थिए ।

राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर-१ को प्रतिनिधसभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ ।

एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । एमालेले थापालाई सूर्य चिह्नबाटै चुनाव लड्न प्रस्ताव गरेको छ । तर राप्रपा नेपालकै चुनाव चिह्न तीर लिएर चुनाव लड्ने विषयमा छलफल भइरहेको महामन्त्री बर्तौलाले बताए ।

नेकपा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको अनलाइनखबरसँग बताए । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?