+
+

बादलले चुनाव लड्न मानेनन्, उम्मेदवार खोज्दै एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १२:५०

२३ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो ।

तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे । ‘बादललाई टिकट दिने भनेपछि यहाँ (काठमाडौं-१० मा) विरोध भयो,’ कीर्तिपुरका एक एमाले नेताले भने, ‘बाहिरका मान्छेलाई टिकट दिने भनेपछि विरोध हुने नै भयो ।’

स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटे । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरु अर्को उम्मेदवारबारे छलफलमा छन् ।

यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?