+
+

गोरखा आएर मैले एउटा रेकर्ड बनाएको छु : प्रचण्ड

‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो लागेको छैन,’ उनले भने, ‘परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:२०

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताएका छन् । गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन् ।

प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए । ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ उनले भने, ‘मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’ गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले बताए ।

‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो लागेको छैन,’ उनले भने, ‘परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु ।’

उनले देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर आफूले रेकर्ड बनाएको बताएका छन् । ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्वपश्चिम, मधेस-पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ,’ उनले भने, ‘गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ । गोरखा आउँदा मैले विशेष गर्वको महसुस गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?