+
+

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत अवरूद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १५:३१

२४ असोज, डोटी । वर्षासँगै सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

कैलालीको गोदवरीमा रहेको विद्युतको टावर ढलेपछि आइतबार बेलुकीदेखि आपूर्ति बन्द भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरञ्जन शाहले जानकारी दिए । बिजुली नहुँदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ ।

विद्युत नहुँदा सोमबार सेवा प्रदायक निकायबाट प्रदान हुने सेवा प्रवाहमा समेत समस्या आएको छ । विद्युत आपूर्ति गर्न वैकल्पिक व्यवस्था गर्ने काम भइरहेको शाहले जानकारी दिए ।

उनले भने ‘पोल गाड्ने र पुरानो लाइनबाट विद्युत प्रवाह गर्ने काम भइरहेको छ ।’

पुरानो लाइनबाट ल्याउँदा भार धेरै हुने र बेला बेलामा बत्ती जाने समस्या हुने शाहको भनाइ छ । ‘मौसम बदली र लगातार वर्षाले काम गर्न समस्या भइरहेको छ’, उनी भन्छन्, ‘आज (सोमबार) बेलुकीसम्म वत्ती बाल्ने प्रयास गरिरहेका छौं ।’

सुदूरपश्चिममा २० गते साँझदेखि लगातार वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?