+
+

दुई महिनामा ५३ हजार स्मार्ट घडी आयात

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १७:५५

२४ असोज, काठमाडौं । २ महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच)आयात भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बितेको २ महिनामा साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

यो वर्ष स्मार्ट घडीको आयात गत वर्षको भन्दा कम हो । गत वर्ष यस्तै अवधिमा ७ करोड ९८ लाख मूल्यको ६६ हजार २८१ हजार वटा स्मार्ट घडी आयात भएको थियो । यसबाट सरकारले २ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

पछिल्लो समयमा नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्ट वाचको माग उच्च छ । स्मार्टफोनसँग कनेक्ट गर्न र स्वास्थ्यसम्बन्धी जानकारी लिन स्मार्ट वाच उपयोगी मानिन्छ ।

यसैगरी साउन र भदौमा ६ अर्ब १८ करोड मूल्यको स्मार्ट फोन पनि आयात भएको छ । सरकारले ३ सय डलरभन्दा बढी मूल्यमा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएका कारण करिब आयात घटेको छ ।

यो अवधिमा ४ लाख ३८ हजार ९८५ वटा स्मार्ट बार फोन पनि आयात भएको छ । साउन र भदौमा ४६ करोड ८६ लाख मूल्यको ४ लाख ६० हजार बारफोन आयात भएको छ । बार फोन आयातबाट सरकारले ७ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?