+
+

अनुमति नलिई ड्रोन नउडाउन गृहको चेतावनी

गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १७:२०

२५ असोज, काठमाडौं । गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सो भन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

ड्रोनको दर्ता भने नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्छ । मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि २०७५ ले गरेको प्रावधानविरुद्ध यसरी ड्रोन उडाएमा कारबाही हुने समेत गृहले सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?