+
+

अनुमति निलिई ड्रोन उडाएको आरोपमा पोखरामा चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १८:३२

११ पुस, पोखरा । पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पोखरा महानगर– १, टुँडिखेलमा अनुमतिबिना ड्रोन उडाइरहेको सूचनाका आधारमा सेनलाई पक्राउ गरिएको हो । उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा पठाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?