+
+

फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतंकवादी सूचिमा, अदालतले दियो निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते ६:५५

२६ असोज, काठमाडौं । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो।
रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको छ ।

अदालतको निर्णयसँगै मेटाले रुसमा तालिवान र रुसकै विपक्षी समूहहरूजस्तै आतंकवादीजस्तै आतंकवादी र अतिवादीको सूचिमै रहनेछ भने प्रयोगकर्ताले सहजै यसबाट सञ्चालित सामाजिक सञ्जालको प्रयोग गर्न पाउनेछैनन् ।

इन्टरफ्याक्स समाचार संस्थालाई हवाला दिँदै अलजजिराले मेटाका वकिलले आफ्नो प्लेटफर्ममा कुनै चरमपन्थी गतिविधि नचलाइएको स्पष्टीकरण दिएको उल्लेख गरेको छ । मार्चदेखि नै रुसमा फेसबुक चल्न छाडे पनि कतिपय प्रयोगकर्ताले भीपीएनमार्फत चलाइरहेका छन् ।

रुस-युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै रुसले अमेरिकाको चर्चित प्रविधि कम्पनी मेटाविरुद्ध प्रतिबन्ध लगाएको हो ।

यसबारे मेटाले कुनै प्रतिक्रिया दिइसकेको छैन । रोसफिन मोनिटरिङले जारी गरेको सूचीमा अतिवादी र आतंकवादी गतिविधिमा संलग्न रहेको नाम र संगठनको विवरण खुलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?