+
+

त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १३:०५

काठमाडौं । त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

त्रिवि आयुर्वेद क्याम्पसका प्रमुख प्रा. डा. शिवमंगल प्रसाद र ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखाका प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

क्याम्पस तथा अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय बनाउने उदेश्यका साथ चाँप, राजवृक्ष, पारिजात, शिरीष, अमलालगायत विभिन्न प्रजातीका विरुवा रोपिएको बैंकले जनाएको छ । विरुवाको सुरक्षाका लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।

कार्यक्रममा त्रिविका कानुनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विनोदकुमार सिंह, प्रशासकीय प्रमुख कुमार केसी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?