+
+

क्रिकेट मैदानका कर्मचारीलाई ‘मनसरा’ले गर्‍यो पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते २१:१४

काठमाडौं । फिल्म ‘मनसरा’ अहिले हलमा सकारात्मक प्रतिक्रियासहित प्रदर्शन भैरहेको छ । फिल्मले प्रिमियरमा पनि पर्दा पछाडि बसेर काम गर्ने प्राविधिकलाई पुरस्कृत गरेको थियो ।

नेपाल र वेस्ट इन्डिज ए बीच भएको ५ खेलको सिरिजमा पनि फिल्मले सहकार्य गरेको थियो । खेलको अन्तिम दिन शनिबार फिल्मले मैदानमा काम गर्ने कर्मचारीलाई सघाएको छ ।

मैदानमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भनेर १ लाख नगदले सम्मान गरिएको निर्माता शैलेन्द्र कार्कीले बताए । यो फिल्मले यसअघि नेपालका खेलाडीलाई पनि पुरस्कृत गरेको थियो ।

यो फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधानको शीर्ष अभिनय छ । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन छ । मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन छ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा छन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । क्यूएफएक्स थिएटर पार्टनरको रुपमा छ । जी टु वान फिल्मको डिजिटल पार्टनर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?