+
+

नवौं राष्ट्रिय खेलकुद : लुम्बिनीको फराकिलो जित, कर्णाली २३ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १७:३४
मधु डीसी ।

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ ।

समूह बी अन्तर्गत बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १०४ रनको फराकिलो अन्तरले हराएको हो ।

लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पछ्याएको कर्णाली लुम्बिनीको बलिङ सामु धेरै बेर टिक्न सकेन ।

कर्णाली ८.३ ओभर खेल्दै जम्मा २३ रनमै अलआउट भयो । कर्णालीका लागि ओपनर किरन कुँवरले बनाएको ५ रन नै व्यक्तिगत उच्च रह्यो ।

कर्णालीलाई अलआउट गर्न लुम्बिनीका लागि मधु डीसीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । कृतिका मरासिनीले १.३ ओभरमा १ रन खर्चेर २ विकेट लिइन् । सुस्मिता भुसालले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ३१ तथा कप्तान सरस्सवती जिएमले ३० रन बनाइन् । मधु डिसी १२ रनमा अविजित रहिन् ।

कर्णालीका लागि अञ्जु गुरुङले २ तथा एन्जिला क्षेत्रीले १ विकेट लिइन् ।

जितपछि लुम्बिनीले समूह बी मा दुई खेलबाट ३ अंक जोडेको छ । यसअघि वर्षाका कारण प्रदेश १ विरुद्धको खेल रद्द हुँदा लुम्बिनीले अंक बाँडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?