+
+

बारामा एकैपरिवारका तीन जनाको हत्या, भाग्दै गरेका मृतकका श्रीमान् पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १७:४४

२६ असोज, काठमाडौं । बाराका प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको छ । प्रहरीका अनुसार उनीहरु सुजाना उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् ।

श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनामा श्रीमानको भूमिका स्पष्ट भइसकेको छैन । एसपी बोगटीले अनलाइनखबरसँग भने, ‘श्रीमानको बयान लिएपछि थप विषयहरु खुल्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?