+
+

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १३:०३

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा दोश्रो जित हात पार्ने क्रममा विभागीय टोली एपीएफले घरेलु टोली गण्डकीलाई ९ विकेटले हराएको छ ।

टस हरेर पहिले फिल्डिङ गरेको एपीएफले घरेलु टोली गण्डकीलाई २६ रनमा अलआउट गरेको थियो । गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित बनाएको पाँच रन नै सर्वाधिक हो ।

एपिएफका लागि इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगर समान एक विकेट लिएका हुन् ।

एपीएफले जितको लागि पाएको २७ रनको झिनो लक्ष्य १४ बल मात्रै खेलेर १ विकेट गुमाउँदै पूरा गरेको हो ।

एपीएफकी इन्दु बर्मा ३ बलमा २ चौकासहित ९ रनमा अविजित रहिन् । अर्की खेलाडी सीता रानामगर ५ बलमा २ चौकासहित सर्वाधिक १२ रनमा अविजित रहिन् ।

६ बल खेलेकी ज्योति पाण्डे २ रनमा आउट भइन् । उनलाई गण्डकी कप्तान सृष्टि जैशीले आउट गरिन् ।

एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो । एपीएफ समूह ए मा २ खेलमा जित हात पार्दै ४ अंकका साथ शीर्ष स्थानमा छ । एपीएफले तेस्रो खेलमा शनिबार मधेश प्रदेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?