+
+

एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दिन : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १३:५८

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।

‘जसको विरुद्धमा एमाले कार्यकर्ताले रगत बगाउनुपर्‍यो तिनका लागि मत माग्न सक्दिन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?