+
+

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, उम्मेदवारको चिह्न मात्र रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १७:२५

२७ असोज, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ ।

निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् ।

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइमा जुटेको हो ।

समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको प्रबन्ध मिलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?