
२८ असोज, काठमाडौं । आफ्नो उम्मेदवार खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।
रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । तर, निवेदककै कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
गुरुङ रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । तर गुरुङ बैंकिङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4