+
+

करिब तीन महिनापछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १६:०४

२८ असोज, काठमाडौं । लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनापछि  त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको त्रिविका  सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनले भने, ‘हिजो नेविसंघको केन्द्रिय पदाधिकारी आएर ताला खोलेर जानुभयो । अब त्रिवि पूर्ण रुपमा खुलेको छ ।’ असार २७ गतेदेखि रेक्टर, शिक्षाध्यक्ष कार्यलयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले लगाएको  थियो।  उनका अनुसार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ताला खोलेका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले भदौ २७ गते त्रिवि नेविसंघ समितिको बिघटन गरेका थिए । त्रिविको आर्थिक प्रशासन महाशाखाको मुख्य कक्षमा उपत्यका नेविसंघले असार २७ गते लगाएको ताला असोज ५ गते खोलिएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा निरन्तर तालाबन्दीको कारण शिक्षक, कर्मचारीहरुको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरुले पेन्सनलगायत रोकिएपछि त्रिवि कर्मचारीहरुले ताला खोल्न अपील गर्दै विज्ञप्ति निकालेपछि ताला खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?