+
+

सन् २०५० पछि चार युवाको काँधमा एक जेष्ठ नागरिकको जिम्मेवारी : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १७:४२

२८ असोज, काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जरल्याण्ड बन्न नसक्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले नेपाल सिंगापुर र स्विट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्‍याउन सकिने बताए । उनले अहिले श्रीलंको ३९ सय प्रतिव्यक्ति आय रहेको भन्दै नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए ।

अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताए । नेपालले झ्याल ढोका नै बन्द गर्दा खतराको अवस्था देखिएको उनले बताए ।

‘नीतिहरुमा पनि संकुचन आउने अवस्थामा गएका छौं । योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक ट्रान्जिसन बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व भएन,’ उनले भने, ‘अब राजनीतिक नेतृत्वमा पनि परिवर्तन आउँदैछ । नेपालको तीन/चार वर्षमा राजनीतिक नेतृत्वमा नयाँ ढोका खोल्नसक्छ ।’

उनले अहिले ११ जना युवाले काम गरेर १ जना जेष्ठ नागरिक पाल्नुपर्ने अवस्था भएपनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना जेष्ठ नागरिकलाई पाल्नुपर्ने अवस्था हुने बताए ।

‘अहिले जीडीपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको छ । १० वर्ष द्वन्द्व लगायतका कारण उद्योगमा कमी हुँदै आयो । अबको पुस्ताले १२ देखि २५ प्रतिशतसम्म पुर्‍याउनु पर्छ,’ उनले भने, ‘उद्योगको विस्तार र विकास नगरी हामी सेवा क्षेत्रमा प्रवेश गर्‍यौं । वार्षिक आम्दानीको हिसावले अफगानिस्तान भन्दा गरिब मुलुक नै छौं । उद्योग विस्तार भन्दा पनि नाङ्ले व्यापारमा लागिरहेका छौं,’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?