+
+

बुमराहलाई विश्वकपमा सामीले प्रतिस्थापन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १८:३९

२७ असोज, काठमाडौं । तीव्र गतिका बलर जस्प्रित बुमराह घाइते भएपछि भारतले अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि मोहम्मद सामीलाई टिममा बोलाएको छ ।

तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीको कारण विश्वकप गुमाउने भएका हुन् । ३२ वर्षीय सामीले हालसम्म भारतको तर्फबाट विश्वकपमा भने भाग लिएका छैनन् ।

उनले भारतका लागि हालसम्म १७ खेलमा १८ विकेट लिएका छन् । तीव्र गतिका बलर सामीलाई पछिल्लो समय कोरोना संक्रमण भएपछि अष्ट्रेलिया र दक्षिण अफ्रिका सिरिज गुमाएका थिए ।

बुमराह घाइते भएपछि भारतको वैकल्पिक सूचीमा रहेका सामीले मौका पाएका हुन् । गत वर्ष गुजरात टाइटन्सबाट आईपीएल खेलेका उनले गुजरातलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए ।

भारतले सन् २००७ को पहिलो संस्करणको टि–२० विश्वकप उपाधि जितेको थियो ।

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल(उप–कप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, मोहम्मद सामी, हर्षल पटेल र अर्शदीप सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?