+
+

काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १९:३५

२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला ठकुरीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने भएका छन् ।

बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल भइरहेको छ ।

महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरुलाई धरपकड बढाएको छ । नगर प्रहरीले ठेला खोसेर लैजाने क्रममा तामाङको विलौना देखेर शर्मिलालाई सहयोग घोषणा गर्नेहरु थपिँदै गएका छन् ।

त्यसै क्रममा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यी बैनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?