+
+

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते ११:४८
दौड पूरा गर्दै सन्तोषी । तस्वीर विकास श्रेष्ठ/अनलाइनखबर

२९ असोज, पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।

एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाईले रजत पदक जितिन् ।

राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा निर्धारित पूरा गरेकी थिइन ।

एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी कास्य पदक हात पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?