+
+

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते ५:५०

३० असोज, काठमाडौं । इरानको एक जेलमा आगलागी भएको छ । राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इभिन जेलमा आगलागी भएको हो । आगलागीबाट क्षतिको विवरण आइसकेको छैन ।

सामाजिक सन्जालमा सेयर गरिएका भिडियोहरुमा तेहरानमा आगोका ज्वाला र धुवाँको मुस्लो उडेको देखिन्छ । त्यहाँ बन्दुकको गोली चलेको जस्तो आवाज र विष्फोट भएको सुनिन्छ ।

सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा रहेको बताए पनि आगलागी जारी रहेको देखिएको बीबीसीले जनाएको छ ।

इरानमा केही सरकार विरोधी उग्र प्रदर्शन जारी छ । गत महिना २२ वर्षीया कुर्दिश इरानी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आक्रोश झन् चर्किएको थियो । सरकारी अधिकारीहरुले उनको हृदयाघातबाट मृत्यु भएको बताए पनि परिवारका सदस्यहरुले प्रहरीको यातनाबाट मृत्यु भएको दाबी गरेका छन् ।

बीबीसीका अनुसार जेलमा आगलागीको घटना सोही प्रदर्शनसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन ।

सरकार विरोधी समूहले सार्वजनिक गरेको एक भिडियोमा जेलभित्रबाट तानाशाहको मृत्यु भन्दै नारा लगाएको सुनिन्छ । अर्को एक भिडियोमा भने जेलको बाहिरबाट गोली चलाएको देखिन्छ । त्यसपछि विष्फोटको आवाज सुनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?