+
+

हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १९:५६

३० असोज, काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरुले आफूहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार गरेका छन् ।

जसले भ्रम र्सिजना गरेको भन्दै आयोगले १ लाख रुपैयाँसम्म जरिवाना किन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?