+
+

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित, दीपिका नवौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १३:१३

काठमाडौं । बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् ।

संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् ।

ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट वैज्ञानिकले बर्सेनि यस्तो सूची सार्वजनिक गर्ने गरेका छन् । यसअघि हलिउड अभिनेत्री एम्बर हर्ड पनि सूचीको शीर्षस्थानमा परेकी थिइन् ।

विवरणअनुसार बेलायती प्लास्टिक सर्जन डा. जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताइन् ।

यो सूचीमा हलिउड अभिनेत्री जेन्डाया र मोडल बेला हदिद क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

‘शारीरिक पूर्णताको लागि मापन गरिंदा जोडीका अनुहारका सबै तत्व पूर्ण पाइए । उनको नाक र ओठको पोजिसनिङले ९८.७ प्रतिशत अंक प्राप्त गरेको छ, जुन पूर्ण आकार प्राप्त गर्नबाट मात्र १.३ प्रतिशत मात्र टाढा छ । जोडीको नाकको लम्बाइ र चौडाले पनि उच्च स्कोर प्राप्त गरेको थियो,’ डा. सिल्भाले भनिन् ।

प्रतिवेदन अनुसार सौन्दर्यको मापदण्ड समेत मानिने गोल्डेन रेसियोलाई फि पनि भनिन्छ । जुन एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्न सूत्रहरु प्रयोग गरिन्छ ।

जोडी बाहेक जेन्डायाले ९४.३७ प्रतिशत, बेला हदिदले ९४.३५ प्रतिशत, बियोन्सेले ९२.४४ प्रतिशत, एरियाना ग्रान्डेले ९१.८१ प्रतिशत, टेलर स्वीफ्टले ९१.६४ प्रतिशत र दीपिका पादुकोणले ९१.२२ प्रतिशत अंक प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?