 
																			३१ असोज, काठमाडौं । चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेललाई समर्थन गरेका छन् ।
कांग्रेसले यो क्षेत्रमा विश्व पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले बागी उम्मेदवारी दिएका थिए र उनले निर्वाचन आयोगले दिएको समयभित्र उम्मेदवारी फिर्ता पनि लिएका थिएनन् ।
तर सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरेका हुन् । पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएपछि उम्मेदवारी निष्क्रिय रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले राष्ट्रिय सभा सदस्य बनाउने वचन दिएपछि उम्मेदवारी निष्क्रिय बनाएको बताए ।
यो क्षेत्रमा नेकपा एमालेबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका बुर्लाकोटी नेकपा एमालेका नेता पाण्डेसँग पराजित भएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4