+
+

म्याराथन धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा प्लास्टर गरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १४:१३

१ कात्तिक, पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भयो ।

करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् ।

´२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो`, उनले भनिन्, ´वास्ता गरिनँ र  १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।`

उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पुष्पले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । उनी महिला म्याराथनतर्फ सागमा पदक जित्ने पहिलो खेलाडी हुन् ।

एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी गरेको भए पनि चोटका कारण सपना पूरा नभएको प्रतिक्रिया दिएकी छन् ।

महिला म्यारथनमा एपीएफकी विन्द्रा धन्के श्रेष्ठ देसारले स्वर्ण पदक जितेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?