+
+

साइक्लिङको रोड रेस मास स्टार्टमा हिक्मत र उषालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:०२
महिलातर्फका पदक विजेता ।

२ कात्तिक, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको साइक्लिङ रोड रेस मास स्टार्ट विधातर्फ गण्डकी प्रदेशका हिक्मत बिक र त्रिभुवन आर्मी क्लबकी उषा खनालले स्वर्ण जितेकी छिन् ।

बुधबार पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दूरी १ घण्टा २३ मिनेट १८ सेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी खनालले स्वर्ण पदक जितिन् ।

एपीएफकी हुमी बुढामगरले उक्त दूरी १ घण्टा २५ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन् । १ घण्टा २९ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्काले कांस्य पदक जितेकी छन् ।

पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दूरी १ घण्टा ५५ मिनेट २१.०१५ सेकेण्डमा पूरा गर्दै बिकले स्वर्ण पदक जितेको  ।

यो दूरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पूरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दूरी पूरा गर्दै आर्मीका हिमाल टमाटाले कास्य जिते ।

पुरुषतर्फका पदक विजेता ।

यससँगै साइक्लिङको सबै विधा आज (बुधबार) सकिएको छ । ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले ४ स्वर्ण, एपीएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण जितेका छन् ।

आर्मीले ४, एपीएफले ३ र बागमतीले १ रजत पदक तथा एपीएफले ४, आर्मीले ३ र गण्डकीले १ कांस्य पदक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?