+
+

७ वर्षपछि प्रहरीले पायो स्मार्ट लाइसेन्स ‘रिड’ गर्ने उपकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:५१

२ कात्तिक, काठमाडौं । स्मार्ट लाइसेन्स जारी भएको ७ वर्षपछि प्रहरीले ‘स्मार्ट कार्ड रिडर’ मेसिन पाएको छ । बुधबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागमा महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई ‘स्मार्ट कार्ड रिडर’ र त्यसमा प्रयोग हुने ‘स्याम कार्ड’ हस्तान्तरण गरेका छन् ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकारले ८४ लाख १८ हजार ६ सय ९६ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड खरिद गरेको थियो ।

विभागको सूचना तथा सचार प्रविधि आयोजना अन्तर्गत किनिएका यी उपकरण अब देशभरको ट्राफिक प्रहरीले प्रयोग गर्न पाउने भएका छन् । यसअघि विभागले ट्राफिक प्ररहीलाई केही थान मात्रै यस्तो कार्ड रिडर मेसिन दिएको थियो ।

जसले गर्दा स्मार्ट कार्डको आधिकारिकता जाँच गर्नबाट ट्राफिक प्रहरी नै वञ्चित थियो । अब स्मार्ट कार्डमा रहेको सवारी चालकको व्यक्तिगत विवरण अब ट्राफिक प्रहरीले सजिलै हेर्न सक्नेछ ।

विभागले कार्ड रिडरसम्बन्धी एप्लिकेसन सफ्टवेयर पनि प्रहरीलाई दिएको छ । हस्तान्तरण गरिएका उपकरण तथा सफ्टवेयरको प्रयोगबाट नेपाल प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको विभागका महानिर्देशक पाण्डेले बताए ।

३० नोभेम्वर २०१५ देखि हालसम्म विभागले २९ लाख ४५ हजार स्मार्ट लाइसेन्स छापिसकेको छ । तर, सुस्त छपाइका कारण सेवाग्राहीले मार झल्दै आएका छन् । २ वर्षभन्दा बढीदेखि छापिएको लाइसेन्स कुरिरहेका चालकहरु राजस्व तिरेको रसिदलाई नै लाइसेन्सको रुपमा प्रयोग गर्न बाध्य छन् ।

वैदेशिक रोजगारी तथा अध्ययनमा जाने तथा सुरक्षा निकायका कर्मचारीहरुलाई आवश्यक कागजातको आधारमा विभागले शीघ्र सेवा दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?